नगर प्रमुख

I am learning to be a good person and want to help each and everyone equally & fairfully. "LETS UNITE FOR HUMANITY"

भेरी नगरपालिकाको वेभसाइटमा स्वागत छ ।

                    भेरी नगरपालिका पहाडी जिल्ला जाजरकोटका तिन वटा नगरपालिका मध्येको एक नगरपालिका हो । जिल्ला सदरमुकाम खलंगा सहित साविकका चार वटा गाविस (खलंगा, पुन्मा, भुर, र जगतिपुर) समेटेर बनेको यो जनसंख्या, भौतिक पुर्वाधार विकास संगै नागरीकको जीवन स्तरको समेत मुल्यांकन गरि साविकका गाउँविकास समितिहरुलाई नगरपालिकाको रुपमा विकास गर्ने नेपाल सरकारको निति अनुरुप वि.स. २०७२ साल असोज १ गते स्थापना भएको भेरी नगरपालिका नेपालको कर्णाली प्रदेश  अन्तरगत पर्ने एक सुन्दर र ऐतिहासिक पहाडी जिल्ला जाजरकोट सदरमुकाम समिटिएको नगरपालिका हो ।

आफुले तिरेको कर, दस्तुर तथा शुल्क अनि आफ्नो ठाउँको विकासका लागि भनेर संघीय तथा प्रदेश सरकार एवम् राष्ट्रिय, अन्तर्रा्ष्ट्रिय संघसंस्थाबाट प्राप्त श्रोत साधनको सही रुपमा उपयोग भयो वा भएन भन्ने कुरा जान्न पाउनु प्रत्येक नागरिकको अधिकार हो । दैनिक प्रशासनिक सेवा प्रवाह तथा विकास निर्माण लगायत नगरपालिकाबाट सञ्चालन हुने हरेक क्रियाकलापहरुमा तबमात्र अपेक्षित जनसहभागिता प्राप्त गर्न सकिन्छ जब स्थानीय सरकारबाट प्रवाह हुने हरेक क्रियाकलापका बारेमा नागरिकहरुलाई सहि सूचना प्राप्त हुन्छ अनि हरेक क्रियाकलापमा उनिहरुको अर्थपुर्ण सहभागिता सुनिश्चित गरिन्छ । 

नागरिकको सबै भन्दा नजिकको सरकारका रुपमा रहेको हाम्रो नगरपालिकाले यस कुरालाई मध्यनजर गरी यस्ता सार्वजनिक चासोका हरेक कुरालाई विभिन्न माध्यमद्वारा नगरवासी तथा सरोकारवालाहरु समक्ष ल्याउने क्रममा यो वेभसाइट मार्फत समेत आफ्ना गतिविधि एवं सूचनाहरु प्रवाह गर्ने गरेको छ । वेभसाइटबाट नगरपालिकाका गतिविधि एवं सूचनाहरुको अध्ययन गरी यहांको रचनात्मक सुझावको अपेक्षा गर्दछौं ।  

जनसंख्या, भौतिक पुर्वाधार विकास संगै नागरीकको जीवन स्तरको समेत मुल्यांकन गरि  साविकका गाउँविकास समितिहरुलाई नगरपालिकाको रुपमा विकास गर्ने नेपाल सरकारको निति अनुरुप वि.स. २०७२ साल असोज १ गते स्थापना भएको भेरी नगरपालिका नेपालको कर्णाली प्रदेश  अन्तरगत पर्ने एक सुन्दर र ऐतिहासिक पहाडी जिल्ला जाजरकोट सदरमुकाम समिटिएको नगरपालिका हो । ३ वटा नगरपालिका र ४ गाउँपलिका सहित ७ स्थानिय तह रहेको जाजरकोटको सबैभन्दा पहिले घोषण भई अन्य स्थानीय तहभन्दा विकसित मानिएको यस नगरपालिकाको जनसंख्या ३३ हजार ५ सय १५ रहेको छ । 

साविकका खलंगा, पुन्मा, भुर र जगतीपुर गा.वि.स.लाई मिलाएर तत्कालिन भेरीमालिका नगरपालिका नामाकरण गरिएको यस नगरपालिकामा १३ वटा वडा रहेका छन भने हाल यस नगरपालिकाको नाम भेरी नगरपालिका कायम भएको छ । कुल क्षेत्रफल २१९.७७ व.कि.मि. क्षेत्रफलमा फैलिएको यस नगरपालिकाको केन्द्र साविक खलंगा गा.वि.स.को कार्यालय रहेको स्थान थाप्ले चौरमा रहेको छ भने सीमाना पूर्वमा नगरगाड नगरपालिका र रुकुम जिल्ला, पश्चिममा छेडागाड नगरपालिका, उत्तरमा कुशे गाउँपालिका र दक्षिणमा रुकुम र सल्यान जिल्ला रहेको छ ।