समाचार
स्वागतम !!!!!
भेरी नगरपालिकाको विकास, समृद्धि र सुशासनका लागि नागरिकको सहयोग र सहभागिता अपरिहार्य हुन्छ । सेवा प्रवाह र विकास निर्माणका काममा यहाँको सल्लाहसुझाव र सहयोगको अपेक्षा गरिएको छ । भेरी नगरपालिका भित्र कुनै गुनासा ,सिकायत उजुरी,सल्लाह,सुझाव र सहयोगको लागि सम्पर्क नं. ९८५८०७७४७७, ९८५८०६२१११ र ९८४८०९६९८५ मा फोन गर्नुहुन अनुरोध छ ।
नगरपालिकाको संक्षिप्त परिचय
भेरी नगरपालिका नेपालको कर्णाली प्रदेश अन्तर्गत जाजरकोट जिल्लामा पर्दछ । नेपालको संघीय राजधानी काठमाडौँबाट पश्चिम–उत्तरमा २१९.७७ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएर रहेको यस नगरपालिकाको पूर्वमा रुकुम जिल्ला, पश्चिममा छेडागाड नगरपालिका, उत्तरमा त्रिवेणी नलगाड नगरपालिका र कुशे गाउँपालिका छन् भनेदक्षिणमा सल्यान जिल्ला पर्दछ । जाजरकोट जिल्लाको सदरमुकाम समेत रहेकोखलङ्गा लगायत पुन्मा, भूर र जगतीपुर गरी साबिकका ४ गा.वि.स.हरू मिलेर यो नगरपालिका स्थापना गरिएको हो । यस भेरी नगरपालिकाको स्थापना नेपाल सरकार मन्त्रीपरिषद्को २०७२ पौष २७ को निर्णयअनुसार भएको हो । स्थापना हुँदा यस नगरपालिकाको नाम भेरीमालिका राखिएको थियो । साविकका तीनओटा गा.वि.स.हरू खलङ्गा, जगतीपुर र भूरले भेरी नदीलाई छोएको र पुन्मामा मालिका मन्दिर भएकोले सबै गा.वि.स.लाई समेट्ने गरी भेरीमालिका नामाकरण गरिएको थियो । गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोगको प्रतिवेदनका आधारमा मिति २०७३ फाल्गुण २७ गते बसेको नेपाल सरकार मन्त्री परिषद्को निणर्यअनुसार भेरी मालिका नगरपालिकाकोनाम परिवर्तन गरी भेरी नगरपालिका नामाकरण गरिएको हो। यस नगरपालिकालाई १३ ओटा वडाहरुमा विभाजन गरिएको छ ।
Services


- मोही लगत हुनुपर्ने पूर्ण विवरणको निवेदन
- निवेदकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
- जग्गा धनी प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि
- जग्गाको प्रमाणित नापी नक्शा
- चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद
- जग्गाको श्रेस्ता र फिल्डबुकको प्रमाणित प्रतिलिपि
- आवश्यकता अनुसारको सर्जमिन मुचुल्का


- घर कायम गरी पाउँ भन्ने निवेदन
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- सम्वन्धित जग्गाको लालपुर्जाको प्रमाण पत्रको प्रतिलिपि
- स्थलगत प्रतिवेदन
- चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद


- निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपि
- घर भएमा चालु आ.व.सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद वा व्यवसाय भएमा व्यवसाय कर तिरेको रसिद
- शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि


- निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपि
- शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि


- निवेदक पत्र र नागरिकता प्रमाणपत्र / जन्म दर्ताको प्रतिलिपि
- अपाङ्गता सम्बन्धि मेडिकल सुपरिटेन्डेन्टको सिफारिस
- व्यक्ति स्वयम उपस्तगित हुनुपर्ने वा सम्बन्धित कर्मचारीको प्रतिवेदन
- निवेदनका साथमा सम्बन्धित फारक


- निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपि र बसोबास गर्ने घर नम्वर, टोल मार्ग वा बाटोको नाम
- बहालनमा बसेको भए घरधनीको सनाखत मुचुल्का र निजको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
- कर्मचारीको हकमा हाल कार्यरत कार्यालयको पत्र
- घर बहाल कर तिरेको रसिद
- घर बहालको संझौता पत्र
- आवश्यकता अनुसार तोकिएको कर्मचारीले गरेको सर्जमिन मुचुल्का


- निवेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपि
- बसाई सराईको हकमा बसाई सराई दर्ता प्रमाण पत्रको प्रतिलिपि
- चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद
- जग्गाधनी प्रमाण पत्रको प्रतिलिपि
- आवश्यकता अनुसार तोकिएको कर्मचारीले गरेको सर्जमिन मुचुल्का


- निवेदन पत्र र आमा/बुवाको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
- जन्म दर्ताको प्रमाण पत्रको प्रतिलिपि
- विवाहित महिलाको हकमा पति आमा/बुवाको/नागरिकता प्रमाण पत्रको प्रतिलिपि
- चारित्रिक प्रमाण पत्रको प्रतिलिपि (विद्यार्थीको हकमा)
- पाँच प्रति फोटो
- विवाह दर्ताको प्रमाण पत्रको प्रतिलिपि (विवाहितको हकमा)
- बसाई सरी आएको हकमा बसाई सराई प्रमाण पत्रको प्रतिलिपि
- दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति
- चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागज
- कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस
- प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि
- तोकिएको कर्मचारीले आवश्यकता अनुसार तयार गराएको सर्जमिन मुचुल्का


- निवेदन पत्र र अंगिकृत नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार
- साविक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कारवाही चलाएको पुष्टी गर्ने कागजहरु
- नेपालमा १५ बर्ष देखि कुनै व्यवसाय वा काम गरी बसेको प्रमाण पत्रको प्रतिलिपि
- बैवाहिक अंगिकृत नागरिकताका लागि विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित देशको आधिकारीक प्रमाण पत्र
- नेपाली भाषा लेख्न र बोल्न जान्ने प्रमाण कागजहरु
- पासपोर्ट साईजको फोटो ३ प्रति
- चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद
- सर्जमिन मुचुल्का


- निवेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपि
- जग्गा धनी प्रमाण पुर्जा
- आय श्रोत भए आए श्रोत खुल्ने कागज
- अन्य आवश्यक कागजपत्र
- घर नक्शा शाखाको प्राविधिक मुल्यांकन प्रतिवेदन
- चालु आ.व. सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागज
- सर्जमिन मुचुल्का