समाचार
स्वागतम !!!!!
भेरी नगरपालिकाको विकास, समृद्धि र सुशासनका लागि नागरिकको सहयोग र सहभागिता अपरिहार्य हुन्छ । सेवा प्रवाह र विकास निर्माणका काममा यहाँको सल्लाहसुझाव र सहयोगको अपेक्षा गरिएको छ । भेरी नगरपालिका भित्र कुनै गुनासा ,सिकायत उजुरी,सल्लाह,सुझाव र सहयोगको लागि सम्पर्क नं. ९८५८०७७४७७, ९८५८०६२१११ र ९८४८०९६९८५ मा फोन गर्नुहुन अनुरोध छ ।
नगरपालिकाको संक्षिप्त परिचय
भेरी नगरपालिका नेपालको कर्णाली प्रदेश अन्तर्गत जाजरकोट जिल्लामा पर्दछ । नेपालको संघीय राजधानी काठमाडौँबाट पश्चिम–उत्तरमा २१९.७७ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएर रहेको यस नगरपालिकाको पूर्वमा रुकुम जिल्ला, पश्चिममा छेडागाड नगरपालिका, उत्तरमा त्रिवेणी नलगाड नगरपालिका र कुशे गाउँपालिका छन् भनेदक्षिणमा सल्यान जिल्ला पर्दछ । जाजरकोट जिल्लाको सदरमुकाम समेत रहेकोखलङ्गा लगायत पुन्मा, भूर र जगतीपुर गरी साबिकका ४ गा.वि.स.हरू मिलेर यो नगरपालिका स्थापना गरिएको हो । यस भेरी नगरपालिकाको स्थापना नेपाल सरकार मन्त्रीपरिषद्को २०७२ पौष २७ को निर्णयअनुसार भएको हो । स्थापना हुँदा यस नगरपालिकाको नाम भेरीमालिका राखिएको थियो । साविकका तीनओटा गा.वि.स.हरू खलङ्गा, जगतीपुर र भूरले भेरी नदीलाई छोएको र पुन्मामा मालिका मन्दिर भएकोले सबै गा.वि.स.लाई समेट्ने गरी भेरीमालिका नामाकरण गरिएको थियो । गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोगको प्रतिवेदनका आधारमा मिति २०७३ फाल्गुण २७ गते बसेको नेपाल सरकार मन्त्री परिषद्को निणर्यअनुसार भेरी मालिका नगरपालिकाकोनाम परिवर्तन गरी भेरी नगरपालिका नामाकरण गरिएको हो। यस नगरपालिकालाई १३ ओटा वडाहरुमा विभाजन गरिएको छ ।
Services


१. निवेदक र नागरिकता प्रमाण पत्रको प्रतिलिपि
२. आर्थिक अवस्था कमजोर भएको अवस्था पुष्टी हुने कागजात
३. सर्जमिन मुचुल्का आवश्यकता अनुसार


- नागरिकता प्रमाण पत्रको प्रतिलिपि र निवेदन पत्र
- जग्गा धनी पुर्जाको प्रमाणी प्रतिलिपि
- हकभोगको श्रोत खुल्ने कागज
- नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको प्रतिलिपि
- चालु आ व सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
- आवश्यकता अनुसार सर्जमिन मुचुल्का


- नागरिकता प्रमाण पत्रको प्रतिलिपि र निवेदन पत्र
- नक्सा पास वा नामसारी नक्सा भएको प्रमाण पत्रको प्रतिलिपि
- जग्गा धनी प्रमाण पुर्जको र प्रतिलिपि
- चालु आ व सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद वा कर निरर्धारण स्वीकृत भएको कागजात


- नागरिकता प्रमाण पत्रको प्रतिलिपि र निवेदन पत्र
- स्वयं व्यक्ति उपस्थितत हुनुपर्ने
- दुई प्रति पास पोर्ट साईजको फोटो
- चालु आ व सम्म एकिकृत सम्पत्ती कर तिरेको वा कर निर्धारण स्वीकृत भएको कागजात
- आवश्यक परेमा सर्जमिन मुचुल्का


नगरिकता प्रमाण पत्रको प्रतिलिपि र निवेदन पत्र
जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
जग्गाको आसपासको चलन चल्तीको मुल्य प्रक्षेपण
हालसालै आसपासको खरिद विक्रि भएको भए सो प्रमाण वा सर्जमिन मुचुल्का
चालु आ व सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
आवश्यकता अनुसार प्राविधिक मुल्यांकन


- निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- बसाई सरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालयबाट जारी बसाई सराईको कागजात
- आउने जाने ठाउँकै लालपुर्जाको प्रातिलिपि पेश गर्नु पर्ने
- बसाई सरी आउनेको हकमा बसाई सराई गरी ल्याएको प्रमाण पत्र
- जाने आउने सबै व्यक्तिको नागरिकता, जन्म दर्ताको प्रतिलिपि
- चालु आ.व.सम्म एकीकृत सम्पत्ति कर तिरेको रसिद


- निवेदन पत्र र नागरिकताको प्रमाणित प्रतिलिपि
- नगरपालिकाबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाण पत्रको प्रमाणित प्रतिलिपि
- बहाल सम्झौताको प्रतिलिपि
- आफ्नै घर टहरा भए चालु आ.व. सम्मको एकीकृत सम्पत्ति कर तिरेको रसिद


नागरिकता प्रमाण पत्रको प्रतिलिपि र कोर्ट फि मिनाह हुनुपर्ने स्पष्ट कारण सहितको निवेदन पत्र
आफ्नो ै घरमा भएमा चालु आ व सम्मको एकीकृत सम्पत्ती कर तिरेको रसिद
अदालतमा मुद्धा परेका प्रमाण कागजातहरु
स्थानीय सर्जमिन मुचुल्का


- कारण सहितको सिफारिस
- चौपाय लैजाने ठाँउको स्वीकृत पत्र
- लिनेदिने दुवैले सनाखात गर्नुपर्ने
- चौपाया पालन गर्नेको हकमा स्थान र छरछिमेकी तथा वातावरण प्रतिकुल प्रभाव नपर्ने व्यहोराको सहमति पत्र
Pages
- « first
- ‹ previous
- 1
- 2
- 3